logo

२०८३ साउन १४ बिहिबार

परिवर्तनका लागि महिलाको अर्थपूर्ण सहभागिता जरुरीः महामन्त्री शर्मा

परिवर्तनका लागि महिलाको अर्थपूर्ण सहभागिता जरुरीः महामन्त्री शर्मा


हाम्रो राष्ट्र
  • आइतबार, २ भाद्र २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाको अर्थपूर्ण सहभागिताले मात्र मुलुकको हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताउनुभएको छ ।

    नेपाल महिला सङ्घ झापाको आज अभिमुखीकरण प्रशिक्षणका क्रममा गर्नुहुँदै उहाँले महिलाको सशक्त र अर्थपूर्ण सहभागिताले मात्र हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने रहेको बताउनुभयो ।

    “मुलुकको हरेक परिवर्तमा महिलाको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “क्षमतावान महिलाको राजनीतिसहित हरेक क्षेत्रमा उज्जवल भविष्य छ ।”

    नेपाल महिला सङ्घ १ नम्बर क्षेत्रीय समितिको संयोजनमा भएको अभिमुखीकरण प्रशिक्षणमा महिलाको नेतृत्व विकासका विषयमा बद्री कार्की, संविधान एवम् कानुनमा महिलाका अधिकारका विषयमा अधिवक्ता वसन्त नेपाल र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला सङ्घका विषयमा विकास उप्रेतीले प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेपाल महिला सङ्घ केन्द्रीय सदस्य उमा शिवाकोटी, कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, नेपाल महिला सङ्घ झापा अध्यक्ष टीका सिटौला मैनालीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend