logo

२०८३ साउन १३ बुधबार

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै


हाम्रो राष्ट्र
  • मंगलबार, ४ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

    सङ्घमा सत्ता समीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend