logo

२०८३ साउन १४ बिहिबार

रेमिट्यान्स आप्रवाह २७ प्रतिशतले बृद्धि, सात महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब

रेमिट्यान्स आप्रवाह २७ प्रतिशतले बृद्धि, सात महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब तीन प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७ दशमलब तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १० दशमलब एक प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ बराबर पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ६५ दशमलब नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५ दशमलब दुई प्रतिशतले वृद्धि भई सात खर्ब ५९ अर्ब ११ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलब सात प्रतिशतले घटेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend