logo

२०८३ साउन १३ बुधबार

यूएईलाई नेपालले दियो २४९ रनको लक्ष्य

यूएईलाई नेपालले दियो २४९ रनको लक्ष्य


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।

    आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए ।

    बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित यो शृङ्खला क्रिकेट लिग–२ को अन्तिम शृङ्खला हो ।

    नेपालले यो शृङ्खलाको पहिलो खेलमा यूएईलाई ५२ रनले हराएको थियो । आजको खेल जितेमा नेपालको एकदिवसीय मान्यता कायम हुनेछ ।

    नेपालले सोझै विश्व कप छनोट कायम गर्न भने योसहित ३ वटा खेल जित्नुपर्ने हुन्छ । नेपालले सोमबार पीएनजीसँग र बिहीबार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend