logo

२०८३ साउन १४ बिहिबार

कांग्रेसको महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप

कांग्रेसको महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप


हाम्रो राष्ट्र
  • बिहिबार, ६ भाद्र २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले महिला विभाग र शुभेच्छुुक संस्था समन्वय विभागमा सदस्य थप गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहनुभएको महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहनुभएको शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप गर्नुभएको हो ।

    कांग्रेसले महिला विभागमा रेणुप्रधान श्रेष्ठ (धनगढी), तुल्सा पन्त (झापा), कमला लामिछाने (गोरखा), झल विश्वकर्मा (काठमाडौँ), कविता इटानी (धादिङ), मिलन साह (महोत्तरी), आशा थापा मगर (तनहुँ), रामकुमारी थापा (सुर्खेत), देवका वेल्वासे (दाङ) र डा शशी थापा पण्डित (काठमाडौँ) लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    यस्तै, शुभेच्छुक संस्था समन्वय विभागमा राजु थापा (गोरखा), निर्मला क्षेत्री (अर्घाखाँची), आशिष खतिवडा (मोरङ), नरेन्द्र डीसी (रोल्पा), देवराज नेपाल (काठमाडौँ), मातृका शेर्पा (ताप्लेजुङ), सोनीकुमारी बम्जन (सर्लाही), रामदत्त जोशी (डडेल्धुरा), दिनेश सन्जयल, (कालिकोट) र लालमणि पाण्डे (कञ्चनपुर) रहनुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend