logo

२०८३ साउन १३ बुधबार

कांग्रेसद्वारा पहिरो र दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

कांग्रेसद्वारा पहिरो र दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त


हाम्रो राष्ट्र
  • आइतबार, ९ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले रामेछापको शैलुङ्गमा गएको पहिरो‚ सिन्धुलीको गोलन्जोरमा भएको जीप दुर्घटना र विभिन्न स्थानमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । आज विज्ञप्तिमार्फत कांग्रेसले पहिरोमा परी निधन हुनुभएका प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।

    रामेछापको शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरीगाउँमा गएरातीको पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने चार जना हराइरहेका छन् । यस्तै खोटाङको हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र नं ३–०१–०२३च ६३६६ को जीप हिजो मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट सुनकोशीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन् ।

    यसैगरी बाराबाट भारतको झारखण्ड देवघरमा जल अर्पण गर्न गएका नेपाली तीर्थयात्री सवार बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ४३ यात्रु मध्ये ३५ भन्दा बढी यात्रु घाइते भएका छन् । आजै महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    कांग्रेसले उक्त सबै घटनाप्रति दुःख व्यक्त गर्दै शैलुङ्गको पहिरो र सुनकोशीमा हराइरहेकाको खोजीकार्य तीव्र पार्न र बस दुर्घटनाका घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend