logo

२०८३ साउन १४ बिहिबार

राजनीतिक दलहरु खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम पाल्नु हुुँदैनः महामन्त्री थापा

राजनीतिक दलहरु खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम पाल्नु हुुँदैनः महामन्त्री थापा


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने बताएका हुन् ।

    उनले आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए । उनले सरकारले परिणाम दिन नसके पाँचवर्ष वर्ष खेर जाने बताए ।

    उनले भने, ‘म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले । मैले अहिले काँग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो ।’

    महामन्त्री थापाले राजनीतिक दलहरु खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले सरकार बन्नेकुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए ।

    महामन्त्री थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए । थापाले राजनीतिक दलको सुविधाका लागि दर्जनभन्दा बढी मन्त्रालय खाली राख्न नहुने स्पष्ट पारे ।

    उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ । पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनुपर्छ ।’

    महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend