logo

२०८३ साउन १४ बिहिबार

शेयर बजारमा २६ अंकको गिरावट

शेयर बजारमा २६ अंकको गिरावट


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको । आइतबार नेप्से २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ९० विन्दुमा झरेको छ । बजार घटेको दिन सबै समूहको शेयर ओरालो लागेको छ ।

    आज दुई सय ६० वटा कम्पनीको ४७ लाख ७२ हजार कित्ता शेयर एक अर्ब ६६ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै हिमालयन बैंकको शेयर साढे छ प्रतिशत तथा नेपाल इन्सुरेन्स कम्पनी, खप्तड लघुवित्त र आदर्श लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend