logo

२०८३ साउन १५ शुक्रबार

उपराष्ट्रपतिका लागि चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने

उपराष्ट्रपतिका लागि चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कसैले पनि नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो ।

    उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव तथा जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend