logo

२०८३ साउन १४ बिहिबार

आर्मी र एनआरटी बराबरीमा

आर्मी र एनआरटी बराबरीमा


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । ए डिभिजन लिगमा विभागिय क्लव त्रिभुवन आर्मी न्युरोड टिम (एनआरटी)सँग बराबरीमा रोकिएको छ । आइतबार च्यास मैदानमा भएको तेस्रो चरणको खेलमा आर्मीले एनआरटीसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

    एनआरटीका लागि दुई गोल लालुनजामा र एक गोल ऐन्सेन्ट बौमीले गर्दा आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेम्जङले एक एक गोल गरेका थिए । खेलको १४ औं मिनेटमा आर्मीले सुरुवाती अग्रता बनाएको थियो ।

    आर्मीले पाएको पेनाल्टीमा नवयुगले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रतालाई आर्मीले दोस्रो हाफमा कायम राख्न सकेन । दोस्रो हाफमा आर्मीले तीन गोल खान पुग्यो भने दुई गोल गर्न सफल भयो ।

    एनआरटीले ५१ औं मिनेटमा बराबरी गोल गरेको थियो । लालुनजामाले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै बराबरी गोल गरेका थिए ।

    त्यसपछि खेलको ५६ औं मिनेटमा एनआरटीले पेनाल्टी पाएको थियो । आर्मीका विकास खवासले एनआरटीका क्रितिश रत्न चुग्गुलाई डिबक्समा फल गरेपछि पेनाल्टी पाएको थियो ।

    उक्त पेनाल्टीमा एनआरटीका एन्सेन्ट बौमीले गोल गर्दै एनआरटीलाई एक गोलको अग्रता दिलाएका थिए । खेलको ६१ औं मिनेटमा एनआरटीले पुन अर्को गोल गर्न सफल भयो ।

    एनआरटीका लालुनजामाले दोस्रो गोल गर्दै एनआरटीलाई आर्मीमाथि दुई गोलको अग्रता बनाएको थियो । खेलको ६६ औं मिनेटमा सब्चिच्युटको रुपमा मैदान प्रवेश गरेको केही समयमा नै आर्मीका लागि गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए ।

    आर्मीले खेलको ८५ औं मिनेटमा बराबरी गोल गरेको छ । आर्मीका लागि फ्रिकिकमा दिनेश हेम्जङले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend