logo

२०८३ साउन १३ बुधबार

समाजवादी कार्यदिशा समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल

समाजवादी कार्यदिशा समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्छ : अध्यक्ष नेपाल


हाम्रो राष्ट्र
  • बिहिबार, १३ भाद्र २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई समाजवादी रूपान्तरणको अभियानमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

    यहाँ आज आयोजित कार्यक्रममा पार्टीका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै अध्यक्ष नेपालले नवनिर्वाचित पदाधिकारी, पोलिटब्युरो कमिटी तथा सिङ्गोे केन्द्रीय कमिटीका सदस्यले दृढ र एकताबद्ध भएर महाधिवेशनले पारित गरेको क्रान्तिकारी कार्यदिशा पूरा गर्नुपर्ने बताउनुभयो ।

    उहाँले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतले पारित गरेका दस्तावेजले नेपाली विशेषताको समाजवादी कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्ने पार्टीको काँधमा ऐतिहासिक अभिभारा आएको बताउँदै अध्यक्ष नेपालले त्यसलाई पूरा गर्नु पार्टीका सबै नेता तथा कार्यकर्ता सङ्कल्पबद्ध, योजनाबद्ध भएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    सो अवसरमा नवनिर्वाचित १८ पदाधिकारी साथै ८४ पोलिटब्युरो सदस्यलाई सपथ गराइएको छ । पार्टी अध्यक्ष नेपालले ती सदस्यलाई सपथ गराउनुभएको हो । पदाधिकारी तथा पोलिटब्युरो सदस्यलाई पूर्णता दिन निर्वाचन गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend