logo

२०८३ साउन १५ शुक्रबार

जाजरकोटको समग्र विकासमा मेरो दृष्टिकोण र प्रतिबद्धता

जाजरकोटको समग्र विकासमा मेरो दृष्टिकोण र प्रतिबद्धता


हाम्रो राष्ट्र
  • शुक्रबार, १४ भाद्र २०८१
  • 4.1K
    SHARES

    राजीव विक्रम शाह । जाजरकोट जिल्लाको समग्र विकासको लागि गम्भीरताका साथ सोच्न आवश्यक छ । हाम्रो पार्टीको विचार र वर्तमान परिस्थितिलाई सफल पार्न केन्द्रित रहनु पर्नेछ । यसमा तपाईंले सोच्नु भएजस्तै हामी सबैले मिलेर काम गर्दा सजिलो हुनेछ । विभिन्न तहमा माइलस्टोनहरू राख्न आवश्यक छ, र मैले यसको लागि प्रतिबद्धता व्यक्त गरेको छु । जिल्लाभित्रका सातवटा पालिकाका लागि मैले आधिकारिक रूपमा निर्देशन गर्छु कि योजना बनाउँदा सबै पक्षसँग छलफल गरेर गर्नुहोस् ।

    योजना बनाउँदा सर्वदलीय बैठक आयोजना गर्नुहोस्, त्यसपछि सम्बन्धित अधिकारहरूसँग चर्चा गर्नुहोस् । म प्रदेश सरकारलाई प्रतिनिधित्व गरिहेको हुँदा चाहे त्यो सामाजिक, स्वास्थ्य, वा पूर्वाधार क्षेत्रको होस्, हामीले समन्वय गर्नुपर्छ । मैले प्रतिवद्धता जनाएको छु कि ९० प्रतिशत बजेट अनुसार योजना सम्बोधन हुनेछन् । झ्यालबाट योजना ओजना पारेर आएको बजेटले हाम्रो पहुँच देखाउन भन्दा अरु केही लाभ हुँदैन् । हामीले आयोजना ल्याउँदा दल र नेता हेर्ने नभई देश र जनतालाई फाइदा पुर्याउनेगरी ल्याउनुपर्छ ।

    मुख्यमन्त्रीको निर्देशन अनुसार, यो सरकारले कुनै पनि निर्णय तुरुन्त गर्ने होइन, बरु जनताका समस्या बुझेर छलफलको आधारमा योजना तय गर्नेछ । तपाईंहरूको माग अनुसारको योजना समयमै पूरा गर्नु पर्छ । मैले विभिन्न तहका जनप्रतिनिधिहरूसँग छलफल गरेको छु र योजना पनि बनाएको छु । आशा छ कि सबै साथीहरूले यसमा सक्रिय सहभागिता जनाउनुहुनेछ ।

    मेरो प्रतिबद्धता यो पनि हो कि व्यक्तिगत रूपमा म तपाईंहरूको सेवा गर्न निरन्तर लागिपर्नेछु । म कुनै स्वार्थ वा व्यक्तिगत लाभका लागि यो पदमा छैन । म तपाईँहरू सबैसँग सल्लाह गरेर यहाँको बजेट र विकासका लागि काम गर्न प्रतिवद्ध छु । हाम्रो पार्टीलाई अझ माथि उठाउन र नेपालको भविष्य उज्ज्वल बनाउन हामीले मिलेर काम गर्नुको विकल्प छैन ।

    विकासका लागि सही नियत र बजेटको सही प्रयोगमा जोड दिनुपर्छ भन्ने कुरामा म स्पष्ट छु । प्रदेशको अन्योल हटाउन र युवाहरूलाई शिक्षित बनाउन हामीले धेरै कुराहरू गर्न बाँकी छ । पैसाले मात्र सबै कुरा सम्भव हुँदैन, यसका लागि सही नियत र स्पष्ट दृष्टिकोण आवश्यक छ । हाम्रो भविष्य उज्ज्वल छ, र हामीले मिलेर काम गर्नुपर्छ ताकि हामीले हाम्रो सपनालाई साकार पार्न सकौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शाह गृहजिल्ला जाजरकोटमा विभिन्न कार्यक्रममा दिनुभएको मन्तव्यमा आधारित विचार

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend