logo

२०८३ असोज ७ बुधबार

बङ्गलादेशको मुद्रास्फीति ८.७८ प्रतिशत

बङ्गलादेशको मुद्रास्फीति ८.७८ प्रतिशत


हाम्रो राष्ट्र
  • आइतबार, २८ फाल्गुन २०७९
  • 1K
    SHARES

    बङ्गलादेशको खाद्य र गैरखाद्य दुवै वस्तुमा देखिएको मूल्यवृद्धिका कारण मुद्रास्फीति दर फेब्रुरुअरीमा ८.७८ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

    बङ्गलादेशको मुद्रास्फीति जनवरीमा ८.५७ प्रतिशत रहेकोमा फेब्रुअरीमा बढेर ८.७८ प्रतिशत पुगेको हो ।

    खाद्य मुद्रास्फीति फेब्रुअरीमा बढेर ७.९८ प्रतिशत भएको छ । यो अघिल्लो महिना (जनवरी) मा ७.४१ प्रतिशत थियो ।

    गैरखाद्य वस्तुको मुद्रास्फीति जनवरीमा ९.४८ प्रतिशत रहेकोमा फेब्रुअरीमा बढेर ९.६१ प्रतिशत पुगेको छ ।

    बङ्गलादेशको बजेटले आगामी आर्थिक वर्षमा औसत मुद्रास्फीति दर ५.६ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ ।

    रूसले युक्रेनविरूद्ध शुरू गरेको आक्रमणका कारण छाएको विश्वव्यापी मन्दी र बङ्गलादेशको राजनीतिक अस्थिरताका कारण यहाँको अर्थतन्त्र कमजोर बनेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend