logo

२०८३ असोज ७ बुधबार

आवासीय भवनमा विस्फोट हुँदा इरानमा कम्तीमा ७ जनाको मृत्यु

आवासीय भवनमा विस्फोट हुँदा इरानमा कम्तीमा ७ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1K
    SHARES

    उत्तरपश्चिम इरानको ताब्रिज शहरमा आइतबार तीनवटा आवासीय भवनहरू भत्किँदा कम्तीमा सात जनाको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका छन् ।

    अर्ध सरकारी फार्स समाचार एजेन्सी लेजनाए अनुसार बिहान ३ बजे दुई तले भवनमा भएको विस्फोटले सो भवन नजिकैका अन्य दुई भवन पूर्णरुपमा ध्वस्त पारेको पूर्वी अजरबैजान प्रान्तको क्राइसिस म्यानेजमेन्ट अर्गनाइजेसनका महानिर्देशक मोहम्मद–बाकर होनारबारले बताएका छन्।

    विस्फोटबाट नजिकैका अन्य सयवटा भवनमा क्षति पुगेको र झ्यालका सिसा फुटेको उनले बताए । अधिकारीहरूले अझै पनि विस्फोटको कारणको अनुसन्धान गरिरहेका छन् ।

    यसैबीच सरकारी समाचार एजेन्सी इरनाले उद्धार कार्य जारी रहेकाले भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै निकालिएको जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend