logo

२०८३ असोज ७ बुधबार

सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य होः सभापति देउवा

सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य होः सभापति देउवा


हाम्रो राष्ट्र
  • बुधबार, १९ भाद्र २०८१
  • 1.9K
    SHARES

    File

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु कर्मचारीको कर्तव्य भएको बताउनुभएको छ ।

    पार्टी निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कर्मचारी स्थायी सरकार भएकाले सरकारले गरेका निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताउनुभयो ।

    सभापति देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालबीच कुनै मतभेद नरहेको बताउनुभयो । उहाँले देशको अवस्था चुनौतीपूर्ण रहेकाले कर्मचारीमा अझ यसको प्रभाव पर्ने बताउनुभयो । चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

    सभापति देउवाले कांग्रेस र एमाले  मुख्य प्रतिस्पर्धी राजनीतिक दल मुलुकको समस्या समाधानका लागि एक ठाउँमा उभिएको बताउनुभयो । उहाँले मुलुकको राजनीतिबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend