logo

२०८३ साउन १४ बिहिबार

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी


हाम्रो राष्ट्र
  • बिहिबार, २० भाद्र २०८१
  • 2.2K
    SHARES

    File Photo

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताउनुभयो ।

    नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताउनुभयो ।

    युवाहरु विदेशिने क्रम बढ्दो रहेको हुदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उहाँको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ ।

    कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उहाँ पाल्पा आउनुभएको हो । मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडी फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उहाँको धारणा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend