logo

२०८३ असोज ७ बुधबार

पीएनजी ९५ रनमै अलआउट

पीएनजी ९५ रनमै अलआउट


हाम्रो राष्ट्र
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक एक दिवसीय सिरिजअन्र्तगत नेपालविरुद्ध पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भएको हो ।

    उसका असाड भालाले सर्वाधिक २० रन बनाउँदा सेसे बाउले १८, चार्लेस अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ५, ललित राजवंशीले २, कुशल मल्लले २, र सोमपाल कामीले १ विकेट लिए । नेपालले गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई खेलाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend