logo

२०८३ साउन १४ बिहिबार

प्रमिला यादवद्वारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ताको घोषणा

प्रमिला यादवद्वारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ताको घोषणा


हाम्रो राष्ट्र
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जनता समाजवादी पार्टीकी नेतृ प्रमिला कुमारी यादवले पार्टीकै नेता रामसहायप्रासद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् ।

    उनले सोमबार विज्ञप्ति जारी गरी अब उप्रान्त आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको उल्लेख गरेकी हुन् । प्राविधिक रुपमा उपराष्ट्रपति पदका लागि आफ्नो नाम रहेपनि प्रतिवद्धताका साथ रामसहायप्रसाद यादवलाई समर्थन गर्ने उनले बताएकी छन् ।

    प्रमिलाकुमारीले फागुन २७ गते उपराष्ट्रपति पदका लागि आफूले मनोनयन दर्ता गराएकी थिइन् । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको छ ।

    उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend