logo

२०८३ साउन १३ बुधबार

पारा ओलम्पिकमा नेपालको पहिलो कास्य पदक : देशका लागि गर्वको क्षण

पारा ओलम्पिकमा नेपालको पहिलो कास्य पदक : देशका लागि गर्वको क्षण


हाम्रो राष्ट्र
  • सोमबार, २४ भाद्र २०८१
  • 3.5K
    SHARES

    काठमाडौं–कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले नेपालले पहिलो पटक पारा ओलम्पिकमा तेक्वान्दो खेलमा कास्य पदक जित्नुलाई देशका लागि गर्वको क्षण भन्नुभएको छ ।

    पदक विजेता पलेशा गोर्वधन र नेपाल तेक्वान्दो संघलाई बधाई दिँदै मन्त्री शाहले यस्तो बताउनुभएको हो । सो अवसरमा नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पनि बधाई दिनुभएको छ ।

    पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend