logo

२०८३ असोज ७ बुधबार

समृद्धि र नागरिक सन्तुष्टिका लागि सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह

समृद्धि र नागरिक सन्तुष्टिका लागि सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह


हाम्रो राष्ट्र
  • सोमबार, २४ भाद्र २०८१
  • 4.2K
    SHARES

    File Photo

    काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी लागिरहेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा नेकपा एमालेको शहरी विकास विभागबाट नेता शेरबहादुर तामाङ नेतृत्वमा बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    सिंहले जनतालाई सन्तुष्ट पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको उल्लेख गर्नुभयो । सिंहले शहरी विकासलाई व्यवस्थित गर्न पुराना ऐनहरूको संशोधन र नयाँ ऐन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । विकास निर्माणका कामसँगै नीति बनाउनेतर्फ पनि विशेष ध्यान दिएको स्पष्ट पार्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend