logo

२०८३ साउन १४ बिहिबार

शेयर बजारमा २४ अंकको गिरावट

शेयर बजारमा २४ अंकको गिरावट


हाम्रो राष्ट्र
  • सोमबार, २९ फाल्गुन २०७९
  • 936
    SHARES

    काठमाडौं । सोमबार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से २४ दशमलव ६८ अङ्कले घटेर एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा झरेको छ । सबै समूहको शेयर आज ओरालो लागेको छ ।

    बजारसँगै कारोबार रकम पनि निकै घटेको छ । दुई सय ५६ वटा कम्पनीको ३३ लाख ६९ हजार कित्ता शेयर एक अर्ब १६ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर साढे सात प्रतिशत तथा आदर्श लघुवित्त, हिमालयन बैंक र नदिप लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि शुभम् पावर कम्पनीको शेयर भने आज १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend