logo

२०८३ असोज ७ बुधबार

विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क स्थापना

विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क स्थापना


हाम्रो राष्ट्र
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मङ्गलबारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालनमा ल्याएको हो ।

    उक्त डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन एवं सार्वजनिक निजी साझेदारी ऐनले तोकेको प्रक्रिया पूरा गरी दर्ता भएका कम्पनीका काममा एकरूपता हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।

    कम्पनी रजिष्ट्रार महेश बरालले नेपालमा लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिकामा निर्वाह गर्ने अपेक्षाले छुट्टै डेस्क सञ्चालनमा ल्याइएको बताए ।

    उक्त डेस्कले कम्पनीको प्रस्तावित नामलाई छोटो माध्यमबाट स्वीकृत गर्नेछ भने सम्बन्धित कम्पनीले प्रबन्धपत्र तथा नियमावली तयार पारी पेस गरेपछि कम्पनी दर्ताका लागि सहजीकरण गर्नेछ । डेस्क स्थापना पश्चात् प्रत्यक्ष विदेशी लगानी भएका कम्पनी दर्ता एवं विदेशी कम्पनीको शाखा र सम्पर्क कार्यालय दर्ताका लागि दस दिनभित्र काम सम्पन्न हुने कार्यालयले जनाएको छ ।

    कार्यालयले अनलाइनमार्फत आफू सम्वद्ध कम्पनीको विवरण प्रविष्ट गर्दा प्रत्यक्ष विदेशी लगानी कम्पनी (शाखा वा सम्पर्क कार्यालय समेत) भएको मेन्यु छनोट गरी विवरण पेस गर्नुपर्ने जनाएको छ । पेस भएका निवेदनको अलग्गै सूची तयार हुने र सम्बन्धित डेस्कले शीघ्र निवेदनअनुसार जानकारी गराउने प्रबन्ध मिलाइएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend