logo

२०८३ साउन १३ बुधबार

नेपाली कांग्रेसद्धारा बागमती प्रदेशमा महिला सदस्यहरू मनोनित

नेपाली कांग्रेसद्धारा बागमती प्रदेशमा महिला सदस्यहरू मनोनित


हाम्रो राष्ट्र
  • बिहिबार, २७ भाद्र २०८१
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले महिला समितिमा थप सदस्यलाई मनोनित गर्दै पूर्णता दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सहमहामन्त्री जीवन डंगोलसहित महिला नेतृहरुलाई मानोनित गरिएको हो । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले जारी गरेको विज्ञप्तिमा पार्टीको विधान, नियमावली, आदर्श, मूल्य र मान्यताअनुरूप काम गर्ने विश्वास लिएर मनोनित गरिएको उल्लेख छ ।

    उहाँले पार्टीले पार्टी संगठन विस्तार र महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ । सो अवसरमा प्रदेशसभा सदस्य कन्चनचन्द्र बादेले कुनै पनि संगठन बलियो हुनका लागि महिला समितिहरु बलियो हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसले महिलालाई धेरै अवसर प्रदान गरेको भन्दै थप जिम्मेवार भएर काम गर्न सुझाव दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend