logo

२०८३ असोज ७ बुधबार

ए डिभिजन लिगमा खुमलटारको दोस्रो जित

ए डिभिजन लिगमा खुमलटारको दोस्रो जित


हाम्रो राष्ट्र
  • सोमबार, २९ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले दोश्रो जित निकालेको छ ।

    सोमबार ललितपुरको च्यासल मैदानमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटारले दोस्रो जित निकालेको हो । खुमलटारको जितमा मनिष थापा र स्टेफन समिरले एक एक गोल गरे ।

    हिमालयनका विश्वास श्रेष्ठले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई सुरुवाती अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा समिरले गोल गर्दा खुमलटार २–० ले अघि रह्यो ।

    त्यसपछि खेलको ७९ औं मिनेटमा हिमालयनका विश्वासले गोल गरेपनि खुमलटार २–१ ले विजयी भयो । जितसंगै खुमलटारले ४ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ४ खेलमा ४ अंक जोडेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend