logo

२०८३ साउन १४ बिहिबार

उपसभामुखलाई हटाउन नहुने

उपसभामुखलाई हटाउन नहुने


हाम्रो राष्ट्र
  • शनिबार, २९ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गर्नुभएको छ ।

    आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो । जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएकी उहाँलाई हटाउनु उचित हुदैन, यसबाट सत्तापक्ष पछिहट्ने मेरो विश्वास छ”,पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो ।

    फरक प्रसङ्गमा अध्यक्ष दाहालले संवैधानिक परिषद्को हिजोको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको सिफारिस भएको जानकारी दिँदै ज्येठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्नेमा जोड दिनुभयो ।पूर्वप्रधानमन्त्री दाहालले व्यवस्था परिवर्तनका लागि माओवादी केन्द्रले ठूलो त्याग र बलिदान गरेकाले सबै प्रदेशमा पार्टीलाई सुदृढ गर्ने अभियानमा आफू लागेको बताउनुभयो ।

    अर्को प्रसङ्गमा अध्यक्ष दाहालले भन्नुभयो,“प्रतिनिधिसभाले ‘हिंसा’ शब्द अभिलेखबाट नहटाएसम्म संसद् अवरुद्ध हुने छ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend