logo

२०८३ साउन १३ बुधबार

टर्कीको चालु खाता घाटा जनवरीमा झन्डै ९.८५ अर्ब अमेरिकी डलर पुग्यो

टर्कीको चालु खाता घाटा जनवरीमा झन्डै ९.८५ अर्ब अमेरिकी डलर पुग्यो


हाम्रो राष्ट्र
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1K
    SHARES

    टर्कीको केन्द्रीय बैङ्कले सुनको आयातमा तीव्र वृद्धि र ऊर्जा आयात बिलहरू बढ्दै गएपछि जनवरीमा देशको चालु खाता घाटा झन्डै ९ दशमलव ८५ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ ।

    केन्द्रीय बैङ्कको तथ्याङ्कले सुन र ऊर्जा बाहेक चालु खातामा जनवरीमा दुई अर्ब छ करोड डलर खुद बचत रहेको पनि देखाएको छ ।

    चालु खाता मौज्दात हुने वस्तुहरूमध्ये वस्तुको वैदेशिक व्यापारमा १२ अर्ब ४३ करोड डलरको घाटा रहेको छ भने सेवातर्फ तीन अर्ब १६ करोड डलरको खुद बचत रहेको छ ।

    सेवा व्यापारअन्तर्गत ट्राभल वस्तुले २ दशमलव ४५ अर्ब डलरको बचत रहेको देखाएको छ । आधिकारिक तथ्याङ्कअनुसार जनवरीमा चालु खाता घाटाले मार्च २०११ को कीर्तिमान ९ दशमलव ४१ अर्ब डलर घाटालाई पनि उछिनेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend