logo

२०८३ साउन १४ बिहिबार

फिलिपिन्समा तेल चुहावटबाट एक लाख मानिस प्रभावित

फिलिपिन्समा तेल चुहावटबाट एक लाख मानिस प्रभावित


हाम्रो राष्ट्र
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1.2K
    SHARES

    फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् भने र १२२ जना बिरामी परेका छन् ।

    प्रान्तीय गभर्नर हुमरलिटो डोलोरले जनाएअनुसार फेब्रुअरी २८ मा डुबेको सो ट्याङ्कर ८ लाख लिटर क्षमताको भएको र त्यसबाट निस्किएको तेलको विस्तारलाई नियन्त्रण गर्न अधिकारीहरूले अझै पहल गरिरहेका छन्।

    डोलोरले बताएअनुसार केन्द्रीय राजधानी मनिलाको दक्षिणपश्चिममा रहेको प्रान्तका १२२ जनालाई त्यसबाट उत्पन्न खराबीले श्वासप्रश्वास सम्बन्धी समस्या भएको छ । शहरल भरि नै माछा मारेको जस्तो देखिएको छ भने समुद्री घाँस, कोरल र म्यान्ग्रोभहरू क्षतिग्रस्त भएका छन् ।

    पानी प्रदूषण र समुद्रको किनारमा परेको तेलको गन्धका कारण समुद्री दुर्घटना भएको समाचार आएपछि अधिकारीहरूले माछा मार्न रोक्न आग्रह गरेका थिए ।

    फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सरकारी एजेन्सीहरूलाई तेलबाट उत्पन्न असरलाई नियन्त्रण गर्न निर्देशन दिएका दिएका छन् ।

    उक्त तेल ट्याङ्कर लुजोन टापुको बटान प्रान्तबाट मध्य फिलिपिन्सतर्फ ८ लाख लिटर औद्योगिक तेल ढुवानी गर्न जाँदै गर्दा ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend