काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद कार्यक्रमको तयारी तीव्र बनाइएको छ । मंसिर २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने यो महत्त्वपूर्ण कार्यक्रमका लागि सुर्खेतको वीरेन्द्रनगरस्थित रङ्गशालामा भौतिक प्रगति अवलोकन गरिएको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह र राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य योगेन्द्र कुँवरले संयुक्त रूपमा रङ्गशालाको स्थलगत निरीक्षण गर्नुभएको हो । अवलोकनका क्रममा मन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुदको सफलताका लागि आवश्यक संरचना निर्माण र तयारीबारे कर्णाली प्रदेश खेलकुद परिषद्का पदाधिकारीहरूसँग छलफल समेत गर्नुभयो ।
रङ्गशालाको निर्माण कार्य र खेलकुद कार्यक्रमको तयारीमा तीव्रता ल्याउन थप प्रयास भइरहेको छ भने कार्यक्रमको सफल सञ्चालनका लागि विभिन्न पक्षहरूसँग समन्वय गर्न जरुरी रहेको कुरा छलफलका क्रममा उल्लेख गरिएको थियो ।


© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend