logo

२०८३ साउन १४ बिहिबार

बेलायतको प्रतिरक्षा खर्च झन्डै पाँच अर्ब पाउन्ड बढ्ने

बेलायतको प्रतिरक्षा खर्च झन्डै पाँच अर्ब पाउन्ड बढ्ने


हाम्रो राष्ट्र
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 962
    SHARES

    बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चीनले विश्व व्यवस्थालाई चुनौती दिएको र यसलाई बेलायतले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।

    उनले विश्व अस्थिर भएको र देशको सुरक्षा चुनौती बढेको भन्दै आफूले सशस्त्र बलहरूमा लगानी बढाउन लागेको समेत बताए । आगामी दुई वर्षमा बेलायतको प्रतिरक्षा खर्च झन्डै पाँच अर्ब पाउन्ड बढ्ने उनको भनाई छ।

    तर राष्ट्रिय आयको २.५ प्रतिशत खर्च बढाउने यस दीर्घकालीन महत्वाकांक्षी योजना कहिले सुरु हुन्छ भन्नेबारे प्रधानमन्त्री कार्यालयले समय सीमा तोकेको छैन । सुनकले क्यालिफोर्नियामा आफ्नो भनाई राखेका हुन्।

    त्यहाँ उनले अस्ट्रेलियालाई पारमाणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बीहरू आपूर्ति गर्नेबारे अमेरिका र अस्ट्रेलियाका समकक्षीहरूसँग वार्ता गरेका छन् ।

    सन् २०२१ मा इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ सैन्य शक्तिविरुद्ध प्रतिरक्षा गर्ने संयुक्त प्रयासको एक अंशको रूपमा औकुस सम्झौता भएको थियो ।

    त्यही सम्झौता अनुरूप अस्ट्रेलिया, बेलायत र अमेरिकाले उल्लेखित सम्झौतामा सहमति जनाएका हुन् ।

    सुनकले पत्रकार सम्मेलनमा तीन देशको साझेदारीले विश्वले अहिलेसम्म देखेको सबैभन्दा उन्नत पनडुब्बीहरू मध्ये एक उपलब्ध गराउने र त्यसले ब्रिटिश जहाज निर्माण गर्ने काममा हजारौँलाई रोजगारी सिर्जना गर्ने बताए ।

    नयाँ एसएसएन–औकुस पनडुब्बीहरू बेलायतले पनि प्रयोग गर्नेछ र योजना अनुरूप सन् २०३० को दशकको अन्त्यसम्ममा रोयल न्याभीका लागि सञ्चालन हुनेछ । बेलायतको पनडुब्बी निर्माणमा अमेरिकाले केही संवेदनशील प्रविधि उपलब्ध गराउने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend