logo

२०८३ साउन १३ बुधबार

देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ

देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ


हाम्रो राष्ट्र
  • शनिबार, ५ असोज २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउनको लागि नेपाली कांग्रेस– एमालेको संयुक्त सरकार गठन भएको बताउनुभएको छ ।

    लमजुङ–बेँसीसहर नगरपालिका– ७ मा आज एमाले लमजुङको तेस्रो बैठक सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि  दुई ठूला दलले  सरकारको नेतृत्व लिएका बताउनुभयो ।  उहाँले भन्नुभयो, “वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा  राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ ।

    सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गर्नुभयो । सविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उहाँले आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मुलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट गर्नुुभयो ।

    मन्त्री गुरूङले भन्नुभयो, खासगरी सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा  छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिदैन । उहाँले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरु घटाउनुपर्ने बताउनुभयो ।

    एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घलेले वर्तमान सरकारले मुलुकको विकासका लागि काम गरिरहेको बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend