logo

२०८३ साउन १४ बिहिबार

गरिबी निवारणका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ : मन्त्री शाह

गरिबी निवारणका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ : मन्त्री शाह


हाम्रो राष्ट्र
  • सोमबार, ७ असोज २०८१
  • 5.6K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले गरिबी निवारणमा जोड दिनुपर्ने बताउनुभएको छ। सुर्खेतमा आयोजित बाल केन्द्रित बजेट तथा विकास योजनाका सम्बन्धमा दुई दिने प्रादेशिक कार्यशालामा उहाँले कर्णाली प्रदेशको गरिबी निवारणमा बजेट र विकास कार्यक्रमहरू प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभयो।

    उहाँले विकास योजनाहरूको पुनः समीक्षा गर्ने बेला आएको पनि बताउनुभयो। मन्त्री शाहले प्रदेशभित्र सञ्चालनमा रहेका एनजिओ र आइएनजिओहरूको भूमिकालाई पुनरावलोकन गर्न आवश्यक रहेको औंल्याउँदै आन्तरिक राजस्व संकलनमा वृद्धि गर्दै विकास योजनामा लगानी गर्न आवश्यक भएको उल्लेख गर्नुभयो।

    हालको अवस्थामा बाह्य अनुदानमा अत्यधिक निर्भर भएर मात्रै सम्भावनाहरू खोज्नु सही समाधान नहुने उहाँको भनाइ थियो। अबको विकास मार्गदर्शन समीक्षा र पुनर्संरचनामा आधारित हुनुपर्ने उहाँको तर्क छ।

    कार्यक्रमले प्रदेशभरिका पालिकाहरूको बजेट निर्माण प्रक्रियामा बालबालिकालाई केन्द्रमा राखेर समावेश गर्नुपर्ने आवश्यकतामा छलफल गर्यो। सहभागीहरूले बाल केन्द्रित बजेटको महत्त्वमाथि गम्भीर छलफल गरेका थिए, जसले प्रदेशको समग्र विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ। कार्यक्रममा विभिन्न विकास साझेदार संस्था र स्थानीय पालिकाका प्रतिनिधिज्यूहरूको उपस्थिति रहेको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend