logo

२०८३ साउन १४ बिहिबार

हामी मृत्युदण्डको पक्षमा जान सक्दैनौंः अध्यक्ष ओली

हामी मृत्युदण्डको पक्षमा जान सक्दैनौंः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् ।

    मंगलबारदेखि काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले आयोगलाई नै घेराबन्दी गरी धम्क्याउने काम गरिरहेको आरोप लगाएका हुन् ।

    उनले भने,‘आयोगलाई धम्क्याउँछन्, तर्साउँछन्, हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । यो भनेको के ?’

    उनले मानव अधिकारको रक्षाका लागि लड्न पार्टी निकट मानव अधिकार एलाईन्सलाई निर्देशन समेत दिए । अध्यक्ष ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पनि बताए ।

    उनले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको बताए । उनले बुद्ध जन्मेको देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend