logo

२०८३ साउन १५ शुक्रबार

नेप्सेमा झिनो अंकको बृद्धि

नेप्सेमा झिनो अंकको बृद्धि


हाम्रो राष्ट्र
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार नेप्से मंगलबार भने सामान्य बढेको छ । मंगलबार नेप्से एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव शून्य छ विन्दुमा पुगेको छ ।
    आज माइक्रोफाइनान्स, उत्पादन, बैंक र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर झिनो अङ्कले उकालो लागेको छ ।

    बजार समान्य बढेको दिन दुई सय ५५ वटा कम्पनीको ३३ लाख १८ लाख कित्ता शेयर एक अर्ब १३ करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रो कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्स र कृषि विकास बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend