logo

२०८३ साउन १३ बुधबार

केन्या र इटालीबीच द्विपक्षीय सहयोग विस्तारका विषयमा सम्झौता

केन्या र इटालीबीच द्विपक्षीय सहयोग विस्तारका विषयमा सम्झौता


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 988
    SHARES

    केन्या र इटाली सरकारले विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको विस्तारका लागि द्वीपक्षीय सम्झौता गरेका छन् । केन्याको राजधानी नैरोबीमा सम्झौतामा हस्ताक्षर भएको हो ।

    केन्याका राष्ट्रपति विलियम रुटो र इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको उपस्थितिमा हस्ताक्षर भएको उक्त सम्झौताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई बढावा दिने अपेक्षा गरिएको छ । दुई देशले स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम कार्यान्वयन गर्न र सुधारिएको औषधि उत्पादनमा सहयोग पुग्ने विश्चास गरिएको छ ।

    रुटोले देशको उत्तरपश्चिमी भागमा दुईवटा बाँध निर्माणका लागि दुई देशले पुनः सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । यी परियोजनाहरू खाद्य सुरक्षाका निम्ति पनि त्यत्तिकै महत्वपूर्ण छन् । यसैगरी दुवै देशले व्यापार र लगानीलाई प्रोत्साहन गर्न गैर–करका अवरोधहरू हटाउन पनि सहमति जनाएका छन्।

    तिनीहरूले दोहोरो–कर सम्झौताबाट उन्मुक्तिका लागि वार्ता गर्नेछन् जसले गर्दा विदेशी प्रत्यक्ष लगानी बढ्नेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend