logo

२०८३ साउन १४ बिहिबार

कांग्रेसका भातृ संस्थाको महाधिवेशन गर्न समिति गठन

कांग्रेसका भातृ संस्थाको महाधिवेशन गर्न समिति गठन


हाम्रो राष्ट्र
  • बुधबार, १६ असोज २०८१
  • 2.1K
    SHARES

    काठमाडौं ।  नेपाली कांग्रेसले पार्टीका भातृ संस्थाका महाधिवेशन निर्धारित सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याइ आवश्यक निर्देशनसमेत गर्न तीन समिति गठन गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ गतेको निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले आज नेपाल महिला सङ्घ, नेपाल तरूण दल र नेपाल विद्यार्थी सङ्घको महाधिवेशन आगामी चैत मसान्तसम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न निर्देशन समिति गठन गर्नुभएको हो ।

    नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी तथा सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणि कोइराला रहनुभएको छ ।

    त्यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा सदस्यमा केन्द्रीय सदस्यद्वय सरिता प्रसाईं र जीतजङ्ग बस्नेत रहनुभएको छ ।

    नेपाल विद्यार्थी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर तथा सदस्यमा केन्द्रीय सदस्यद्वय राजिव ढुङ्गाना र प्रतिमा गौतम रहनुभएको सो पार्टीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend