काठमाडौं । श्री एयरलाइन्सले आजदेखि काठमाडौं–भरतपुर रुटमा उडान थालेको छ । कम्पनीले क्यु४००(८ को ८० सिटे जहाजबाट उडान थालेको हो ।
कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरका अनुसार शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी छ । नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुने उहाँले जानकारी दिनुभयो ।
धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ ।
उहाँका अनुसार, एकतर्फी भाडा रु ४,५०० राखिएको छ । हाल उक्त रुटमा बुद्ध एयरले एटिआर(४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend