logo

२०८३ साउन १४ बिहिबार

इमरानलाई पक्राउ गरिए हिंसा भड्किने समर्थकको चेतावनी

इमरानलाई पक्राउ गरिए हिंसा भड्किने समर्थकको चेतावनी


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 949
    SHARES

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्ने प्रयास जारी छ । उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन् । तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ ।

    खानको निवास बाहिर जम्मा भएका हजारौँ समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा भड्किने चेतावनीसमेत दिएका छन्।

    भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दा तथा एक र्यालीलाई सम्बोधन गर्ने क्रममा महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा उनलाई गिरफ्तार गर्न लागिएको प्रहरी अधिकारीहरूले बताएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend