logo

२०८३ साउन १३ बुधबार

प्रदेश प्रमुखहरुद्वारा प्रधानमन्त्रीसँग सामूहिक भेट

प्रदेश प्रमुखहरुद्वारा प्रधानमन्त्रीसँग सामूहिक भेट


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेश प्रमुखहरूले सामूहिक भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

    वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रधानमन्त्रीसँगको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको विषयमा छलफल भएको जानकारी दिए । संघीयताको प्रभावकारी कार्यान्वयन, यसमा देखिएका समस्या र समाधानका उपायबारे प्रधानमन्त्रीले सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई बोलाएर छलफल गर्ने बताएका छन् ।

    भेटमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार सहभागी थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी भने सहभागी थिएनन् ।

    सबै प्रदेश प्रमुखहरु राष्ट्रपति रामचन्द्र पौडेलेको शपथग्रहण समारोहमा सहभागी हुन काठमाडौं आएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend