logo

२०८३ साउन १४ बिहिबार

ए डिभिजन लिगमा एपीएफले आर्मीलाई हरायो

ए डिभिजन लिगमा एपीएफले आर्मीलाई हरायो


हाम्रो राष्ट्र
  • बुधबार, १ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । बुधबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा एपीएफले आर्मीलाई १–० गोल अन्तरले हराएको हो । एपीएफका लागि खेलको ३७ औँ मिनेटमा मणि लामाले गोल गरे ।

    यो जितसँगै एपीएफले ४ खेलबाट ७ अङ्क जोडेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको आर्मीको ४ खेलबाट ५ अङ्क छ । यस सिजनको ’ए’ डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ ।

    यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend