logo

२०८३ साउन १३ बुधबार

विकास निर्माणमा कुनै सम्झौता हुँदैन: डा. महत

विकास निर्माणमा कुनै सम्झौता हुँदैन: डा. महत


हाम्रो राष्ट्र
  • बुधबार, ७ कार्तिक २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास निर्माणका क्षेत्रमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको छ। नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सिक्रे मैदान तलाखु छाप सडक स्तरोन्नति कार्यक्रमको शुभारम्भ गर्दै उहाँले निर्माण कार्यको गुणस्तरमा कुनै समझौता नहुने बताउनुभएको हो। उहाँले ठेकेदार कम्पनीलाई काम तोकिएको समयमा सम्पन्न गर्न र गुणस्तरीय काममा ध्यान दिन निर्देशन दिनुभयो।

    सडक पूर्वाधार कार्यालयका प्रमुख कार्यक्रममा अनुपस्थित भएकोमा असन्तुष्टि व्यक्त गर्दै, डा. महतले निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी समयमा दिनुपर्ने र अनावश्यक ढिलासुस्ती नगर्न आग्रह गर्नुभयो। साथै, उहाँले माओवादी नेताहरूले धेरै पटक शिलान्यास गरे पनि बजेटको व्यवस्था गर्न नसकेको प्रसंग उठाउँदै, आर्थिक व्यवस्थापनको सवालमा माओवादी नेताहरूले जिम्मेवारी लिँदैनन् भनी आलोचना गर्नुभयो।

    उहाँले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई पार्टीले गरेका कामहरूको सकारात्मक प्रचार गर्न पनि निर्देशन दिनुभयो। उहाँले राजनीतिक दल जनताको सेवा गर्ने माध्यम भएको उल्लेख गर्दै, यदि पार्टी मात्र आफ्ना लागि काम गर्न थाल्यो भने त्यो पार्टी बन्न नसक्ने टिप्पणी गर्नुभयो। कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पनि आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend