logo

२०८३ साउन १३ बुधबार

नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा


हाम्रो राष्ट्र
  • बिहिबार, २ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट खेल हेर्न त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुगेका छन् । विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ । नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।

    त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले पहिला बलिङको निम्तो पाएको छ। नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राखेको छ। करणको ठाउँमा गुलशन झाले खेल्ने भएका छन् । यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ। सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ ।

    लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन/जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ। यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।

    नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend