logo

२०८३ साउन १३ बुधबार

जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल

जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल


हाम्रो राष्ट्र
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताउनुभयो ।

    विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको जैविक विविधता तथा प्राकृतिक वित्तसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालको जलसम्पदा र प्राकृतिक विविधता संरक्षणमा चुनौती थपिएको बताउनुभयो ।

    उहाँले जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान रहे पनि जलवायुजन्य समस्याबाट आफ्नो देश प्रभावित भएकाले वातावरणमैत्री अन्तर्राष्ट्रिय कोषमा सहज पहुँचका लागि अन्तर्राष्ट्रिय निकायलाई आग्रह गर्नुभयो ।

    मन्त्री पौडेलले जलवायु परिवर्तनका प्रभाव कम गर्ने उद्देश्यले स्थापित स्रोत साधनका संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend