logo

२०८३ साउन १३ बुधबार

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप


हाम्रो राष्ट्र
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 1.7K
    SHARES

    नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएका छन् ।

    सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहनुभएको विभाग सदस्यमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।

    मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल (दार्चुला), इञ्जिनियर विनोद देवकोटा (गोरखा), लव ढुङ्गाना (काठमाडौँ), गोरखबहादुर केसी (रुकुम पश्चिम), टिएल रिजाल (बर्दिया), इञ्जिनियर धर्मनारायण शाह (सप्तरी), इञ्जिनियर प्रमोद दवाडी (काठमाडौँ), इञ्जिनियर विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) रहनुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend