logo

२०८३ साउन १४ बिहिबार

संविधानको मर्म र विधिको शासनप्रति उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

संविधानको मर्म र विधिको शासनप्रति उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता


हाम्रो राष्ट्र
  • शुक्रबार, १६ कार्तिक २०८१
  • 2.8K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधिको शासन र संविधानको मर्मका लागि आफ्नो जीवन अर्पण गरेका पुराना नेता र कार्यकर्तालाई नै शंका गर्ने परिपाटीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ । काठमाडौं १ को आफ्नै निर्वाचन क्षेत्र घट्टेकुलोमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सिंहले देशको विधि र न्याय प्रणालीप्रति आफ्नो अडिग प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    उहाँले केही नवप्रवेशीहरूले समाजलाई विधिको शासनमा चलाउन संघर्ष गर्नेहरूमाथि प्रश्न उठाउँदै संविधानको मर्मलाई कमजोर बनाउने प्रयास गरिरहेको तथ्यलाई वेवास्ता गर्न नसकिने स्पष्ट पार्नुभयो । सिंहले शान्ति प्रक्रिया, संघीयता र स्थानीय सरकारको अधिकारको संरक्षणप्रति आफ्नो प्रतिवद्धता पुन: प्रकट गर्दै सबै तहको सरकारले संविधानको भावना अनुरूप काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    सिंहले नगर तथा महानगरका विभिन्न विकास परियोजनाको बारेमा छलफल गर्दै पुराना समस्याहरू समाधानमा इमान्दारिताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले राष्ट्रिय राजनीति र विधिको शासनमा योगदान पुर्‍याएका वरिष्ठ नेतालाई आदर गर्न आग्रह गर्दै वर्तमान परिस्थितिमा न्याय र शान्तिको स्थायीत्वको लागि सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमाउहाँको जोड रहेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend