जाजरकोटमा फोर्स (हाइस) दुर्घटना, ११ जना गम्भीर घाइतेलाई सुर्खेत हेलिकप्टरबाट स्थानान्तरण मिति २०८१ कार्तिक २६ गते, सोमबार बिहान करिब ११:३० बजेको समयमा मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १३, कुदुमा फोर्स (हाइस) दुर्घटना भएको छ। दुर्घटनामा परी फोर्समा सवार ९ जना यात्रु गम्भीर घाइते भएका छन्। त्यस्तै, नलगाड नगरपालिका वडा नं ४, बाउसेखोला स्थित अर्को दुर्घटनामा घाइते भएका २ जना समेत गरी जम्मा ११ जना गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा स्थानान्तरण गरिएको छ। घाइतेहरुलाई अस्पताल पुर्याइ लगत्तै कर्णाली प्रदेशका अर्थ मन्त्री माननीय राजिव बिक्रम शाह अस्पताल परिसरमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गर्नुभएको छ।