logo

२०८३ साउन १३ बुधबार

धर्मका नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्री

धर्मका नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • मंगलबार, २७ कार्तिक २०८१
  • 1.1K
    SHARES

    काठमाडौँ, ७ कात्तिकः प्रम ओलीद्वारा १०० दिनमा भए, गरेका उपलब्धिबारे सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो कार्यकालका १०० दिनको प्रमुख कार्य एवं उपलब्धिबारे सम्बोधन गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस
    काठमाडौँ, २७ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताउनुभएको छ ।
    प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताउनुभएको हो ।
    “नेपालमा एकातिर हिन्दूू राज्य हुनुुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुुता र सङ्कीर्णता राख्नुु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छाैं ।”
    त्यस अवसरमा आचार्य महाश्रमणका शिष्यहरु रमेशकुमार र रत्नकुमारले समाजमा नैतिकता, सद्भावना, मानवता, नशामुक्त समाज निर्माणका साथै शान्तिका लागि आफूूहरुले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिनुुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend