logo

२०८३ असोज ७ बुधबार

आफू निर्वाचित भए महिलाको हक स्थापित गर्ने काममा लाग्छुः झा

आफू निर्वाचित भए महिलाको हक स्थापित गर्ने काममा लाग्छुः झा


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन् ।

    नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन् ।

    उनले भनिन्, ‘राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।’

    आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend