काठमाडौं । निर्माण व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष महेश किराँतीले ओपन इन्टरनेशनल स्ट्रेन्थ्लीफटिङ एण्ड इनक्लाइन बेन्च प्रेस च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक जितेका छन् ।
मास्टर टु ७९.३०० ग्राम तौलतर्फको प्रतिस्पर्धामा किराँतीले स्वर्ण पदक हात पारेका हुन् । प्रतियोगितामा सहभागी भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, भुटान सहित कुल ९ देशका खेलाडीहरूलाई पछि पार्दै किराँतीले स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा स्वर्ण जितेका किराँतीले अब युएईमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।
स्वर्ण पदक जित्दै देशभरका निर्माण व्यवसायीहरूको शान बढाएकोमा नेपाल निर्माण व्यवसायी महासंघले किराँतीलाई बधाई दिँदै सम्मान गरेको छ ।
महासंघ सचिवालयमा अध्यक्ष रवि सिंह, महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ लगायतले खादा लगाई किराँतीको सम्मान गरेका हुन् । स्वर्ण पदक जितेका किराँतीले राज्यले खेलाडीहरूको योगदानको अझैसम्म उचित सम्मान गर्न नसकेको प्रतिक्रिया दिए ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend