logo

२०८३ साउन १३ बुधबार

जावलाखेलद्वारा थ्रीस्टार १–० पराजित

जावलाखेलद्वारा थ्रीस्टार १–० पराजित


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबमाथि जावलाखेल युथ क्लबले जित निकालेको छ । शुक्रबार एन्फा मैदान सातदोवाटोमा भएको खेलमा जावलाखेलले थ्रीस्टारमाथि १–० गोलको जित निकालेको हो । जावलाखेलको जारी लिगमा तेस्रो जित हो । थ्रीस्टारको दोस्रो हार हो ।

    जावलाखेल १० अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने थ्रीस्टार ७ अंकका साथ छैटौं स्थानमा रहेको छ । जावलाखेललाई जिताउनका लागि एन्कोटो मासोबीले गरेको १६ औं मिनेटको गोल नै निर्णायक बन्न पुग्यो । यस्तै, चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्यस्ते च्यासल मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइज र १० खेलाडीमा समेटिएको मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् ।

    खेलको ४१ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो । चर्च ब्वाइजका जोसेपलाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ । मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend