logo

२०८३ साउन १३ बुधबार

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज


हाम्रो राष्ट्र
  • बिहिबार, २० मंसिर २०८१
  • 2K
    SHARES

    काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर काठमाडौँले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको हो ।

    जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौँले एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजय भोगेको छ । काठमाडौँ गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले हराएको थियो ।

    त्यस्तै, जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमै सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend